हेटौँडाः हेटौँडा उपमहानगरपालिका–१९, बसामाडीमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । शनिबार दिउँसो १२ बजेको समयमा जङ्गली च्याउ खाँदा ३६ बर्षीय श्याम बहादुर बलसहित उनको परिवार बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

जङ्गली सल्ले च्याउ खाँदा १६ बर्षीया अनिता बल, ११ बर्षीय रेमन बल, ७३ बर्षीय फुलमाया बल र सोही ठाउँका ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी परेका हुन् । शनिबार दिउँसो च्याउ खाँदा उनीहरु बिरामी भएका थिए । बिरामी सबै जना शनिबार साँझ ७ बजेर ४० बजे हेटांँडा अस्पतालमा भर्ना भएका थिए । उपचार पश्चात आइतबार बिहान सबै जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ । केही दिन अघि मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा जङ्गली च्याउ खाँदा ३ जनाको मृत्यु भएको थियो भने केही बिरामी भएका थिए ।