सांसदहरुको सुझावलाई विश्वविद्यालयको शिक्षाको रुपमा लिनेः आर्थिक मामिला मन्त्री ढुंङ्गेल

हेटौंडाः बागमती प्रदेशको “विनियोजन विधेयक २०७७” माथि उठेका सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङगेलले सांसदहरुको सुझावलाई विश्वविद्यालयको शिक्षाको रुपमा लिएको बताउनुभएको छ ।

वनले पनि बाघ चिनेको र बाघले पनि वनलाई चिनेको भन्दै सबैलाई अहिलेको बजेट बोकेर पुरा गर्न सहयोग पु¥याउन आग्रह गर्नुभयो । उहाँले सांसदहरुको प्रश्नको जवाफ दिनुहुँदै ग्रामिण अर्थतन्त्र र सहरी अर्थतन्त्रको खाडल कम गर्ने, उत्पादनमा वृद्धि गरेर आत्मनिर्भरता हुने तथा सबल अर्थतन्त्र निर्माण गर्नुनै समाजवाद उन्मुख भएको बताउनुभएको छ । सांसदहरुले सामाजवाद भनेको के हो भनेको प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

त्यसतै उहाँले अहिलेको बजेटका कार्यक्रमहरु सबै पुरा गर्न सकिने र आगामी वर्ष लक्ष्य लिएको राजस्व पनि उठाउन सकिने बताउनुभयो । उहाँले सांसदहरुलाई अर्थविविधमा राखेको बजेट सबै खर्च हुने र त्यसमा भ्रष्टाचार हुन्छ की भनेर शंका नर्गन पनि भन्नुभएको छ ।

उहाँले आगामी बजेट ५१ अर्ब किन आएको भन्ने प्रश्नमा प्रदेशको सबै कार्यक्रम व्यवस्थापन गर्दा प्राथमिकतामा परेकालाई मात्र राख्दा आएको बताउनुभयो । त्यस्तै उहाँले योजना आगोगबाट आएको योजनामा बजेट हुनुपर्नेमा त्यसो नभएको भन्ने प्रश्नको जवाफ दिनुहुदै नीति तथा योजना आयोग निष्क्रिय नभएको र त्यसलाई अझ सक्रिय बनाउँदै लैजाने बताउनुभयो । योजना आयोगको सदस्य उपाध्यमा प्राय सरकार निकटका विज्ञहरु नै हुने गरेको अभ्यास रहेको भन्दै सरकारले कार्यकर्ता भर्ति गरेको नबुझन् आग्रह गर्नुभयो ।

आर्थिक मामिला मन्त्री ढुंङ्गेललाई आज सांसदहरु नरोत्तम वैद्य, प्रभात तामाङ, कल्पना नेपाली, पुकार महर्जनले, मिलनबाबु श्रेष्ठ, सिर्जना सैजु, राधा घले, सुरेन्द्रराज गोसाई, रिना गुरुङ, कृष्णलाल भँडेल, शोभा शाक्य, बलराम पौडेल र विजया केसी लागयतले पुरक प्रश्न गर्नुभएको थियो ।