हेटौंडाः नेमकीपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले मन्त्रीहरुको बढुवा र घटुवा गर्न माग गर्नुभएको छ । उहाँले प्रदेश सरकारको बजेटलाई जिल्ला र क्षेत्र केन्द्रीत गरेर विनियोजन गरेको भन्दै उनीहरुको बढुवा वा घटुवा गर्न माग गर्नुभएको हो ।
बुधबार बसेको प्रदेशसभाको बैठकमा बजेट माथिको छलफलका क्रममा असन्तुष्टि व्यक्त गर्दै बजेटलाई सांसद र मन्त्रीको मत अनुसारको अंकमा वितरण गर्न आग्रह गर्नुभयो । सजिलो उपाय खोजेर दल र जातिय रुपमा बजेट विनियोजन गरेर अघि बढ्न उहाँले सरकारलाई चेतावनी दिनुभयो ।
‘जिल्ला हेरर बजेट विनियोजन गर्ने मन्त्रीहरुलाई जिल्ला समन्वय समितिको प्रमुख बनाए हुन्छ । क्षेत्र हेर्ने मन्त्रीहरुलाई वड सदस्यमा बढुवा वा घटुवा गर्ने हो गरौं । मननियहरुको मत अनुसारको बजेट दिएर पठाऔं । धेरै र थोरै मत ल्याउनेहरुलाई सोही अनुसार बजेट विनियोजन गरौं । सजिलो उपाए खोजेर दल र जातका आधारमा बजेट बाँडौं ।’ उनले भने, ‘बजेटमा यो खालको वेथिती र विसंगतिलाई धेरै अघि लानु हुँदैन । मन्त्री र सरकारले दिने सांसदले माग्ने प्रथाको अन्त्य हुनुपर्छ होइन भने प्रदेशको अस्थित्व रहने छैन ।’
उहाँका अनुसार समाजवाद भनेको विभद रहित, शोषण रहित, सुसंस्कृत समाजको निर्माण हो । पछिल्लो समय नेतृत्वले समाजवादलाई फरक व्याख्या गर्दै अर्को मोडमा लगिरहेको उनको भनाई । उनले बजेटमा थुपै चुहावट रहेको र बजेटमा घुमाएर गरिने वेमानीको अन्त्य हुन नसकेको बताउनुभयो ।
अहिलेको प्रदेशको आवश्यकता अनुसार प्रदेश सरकार काम नगरेको उहाँले बताउनुभयो । बजेट र कार्य सम्पादनाको आधारमा आन्तरिक मामिला, लोक सेवा आयोग, मुख्य न्यायधिवक्ताको कार्यालय लगायत खारेज गर्न उनले माग गर्नुभयो ।