गमती प्रदेशका सांसद एवम् पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनाल

हेटौंडाः बागमती प्रदेशका सांसद एवम् पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले प्रदेश सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्दा सबै असन्तुष्ट हुने गरेको बताउनुभएको छ । बुधबार आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बोल्नुहुँदै एकिकृत समाजवादीका सांसद खनालले यस्तो बताउनुभएको हो ।

सरकारले सधै बजेट विनियोजन गर्दा सबै असन्तुष्ट हुने गरेको भन्दै उहाँले यसको कारण खोज्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । सरकारले विगत वर्षदेखि एउटै सुत्र प्रयोग गरेर काम गरी नतिजा चाँहि नयाँ खोजीरहेको भन्दै उहाँले यस्तो हुन नसक्ने बताउनुभयो ।

उहाँँले अहिले रहेको नीतिगत समस्या, योजना छनौट प्रक्रियामा कमजोरीे र प्रतिनिधिलाई नजरअन्दाज गर्ने प्रवृत्तिलाई सच्याउनपर्ने बताउनुभयो । उहाँले मन्त्री र कर्मचारीको चाहनालाई सुधार गर्नुपर्ने बताउनुभयो । मन्त्री र कर्मचारीको चाहनाले विचौलियाको प्रवेश हुन्छ भन्ने कुरा आफ्नो अनुभुति रहेको बताउनुुहुँदै उहाँले यसलाई यसलाई रोक्ने उपाय सोच्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

जिम्मेवारीमा हुनेहरु जिम्मेवारीबोध हुनुपर्ने र बजेट निर्माणका बेला मन्त्रीहरुले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले विभिन्न गोष्ठी, सेमिनारको नाममा करोडौं रकम खर्च भइरहेको भन्दै यसलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले आगामी वर्षको बजेट ल्याउँदा कम प्रश्न उठ्ने बाटो कसरी बनाउने भन्नेमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।