हेटौँडाः मंगलबार दिउँसो चट्याङ लागेर मकवानपुरको राक्सिराङ र मनहरी गाउँपालिकामा २ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो ३ बजेको समयमा मनहरी गाउँपालिका–८ सिमपानीस्थित महेन्द्र किरण माविको कक्षा ८ मा अध्यनरत १५ बर्षीया कविता थिङ विद्यालयबाट घर फर्किने क्रममा एक्कासी चट्याङ लागि घाइते भएको प्रहरीले जनाएको छ । घाइते थिङलाई उपचारका लागि मनहरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार दिउँसो साढे ३ बजेको समयमा राक्सिराङ गाउँपालिका–४ मा हिँडिरहेका ३५ बर्षीय टिकाराम मोक्तानलाई चट्याङ लागेर घाइते भएका छन् । घाइते मोक्तानको प्राथमिक स्वास्थ्य केन्द्र राक्सिराङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।