जिल्ला प्रहरी कार्यालय मकवानपुर ।

हेटौँडाः गाँजासहित पक्राउ परेका ७ जनालाई पुर्पक्षका लागि थुनामा राख्न मकवानपुर जिल्ला अदालतले मंगलबार आदेश दिएको छ ।

गत बैशाख ४ गते पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने मध्यवर्ती इलाकाबाट १ सय ३० किलो १ सय ५० ग्राम लागुऔषध गाँजासहित पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका–४ का २८ बर्षीय बम बहादुर प्रजा, ३१ बर्षीय बीरमान प्रजा, २७ बर्षीय हरिकुमार प्रजा, २१ बर्षीय टिकाराम प्रजा, मनहरी गाउँपालिका–५ का ३६ बर्षीय दिपक सारु मगर, मनहरी–३ का ४४ बर्षीय रामहरी लुईटेल र २० बर्षीय सुरेश प्रजा भन्ने मंगल सिं चेपाङ पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका छन् ।

मंगल सिं चेपाङको हकमा २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भए पनि धरौटी रकम बुझाउन नसक्दा पुर्पक्षमै चलान भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।