Home मुख्य समाचार बजेट पक्षपाति ढङ्गबाट आयोः नेता थापा

बजेट पक्षपाति ढङ्गबाट आयोः नेता थापा

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा

हेटौँडाः राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पक्षपाति ढङ्गबाट आएको बताउनुभएको छ । उहाँले बजेटले नागरिकहरुको अपेक्षालाई समेट्न नसकेको र मन्त्रीको मनोमानी ढंगबाट कार्यक्रमहरु समावेश गरिएको बताउनुभयो ।

मंगलबार आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बोल्नुहुँदै राप्रपाका सांसद थापाले प्रदेश सरकारले यस पटक पनि पक्षपाति ढङ्गबाट बजेट ल्याएको बताउनुभयो । सरकारमा रहेका मन्त्री र सांसदहरुको क्षेत्रमा मात्र बढी बजेट विनियोजन गरेको भन्दै उहाँले आपत्तीसमेत जनाउनुभयो ।

‘समानपुपातिक र समावेशीका आधारमा बजेट नल्याएर प्रदेश सरकारले अहिलेको बजेट धादिङ, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा मात्र बढी केन्द्रित भएको उहाँले आरोप लगाउनुभयो । उहाँले स्वदेशमा रोजगारी सिर्जना गर्ने खालको बजेट नआएको पनि बताउनुभयो ।

‘प्रदेश सरकारको अहिलेको यो बजेटले युवाहरुलाई मुलुकमा नबस्नुस्, विदेश जानुस्, रेमिटन्स पठाउनुस्, शासन गर्ने भत्ता सुविधा लिने र गाडीघोडा चढ्ने हामी हो भन्ने खालको आएको छ ।’ उहाँले भन्नुभयो ।

सरकारले प्रदेशसभालाई उपेक्षा गरेको उहाँको भनाई छ । बजेटमाथि छलफलका बेला पनि सदनमा उपस्थित हुन नसक्ने मन्त्रीले जिम्मेवारीबाट मार्ग प्रसस्त गर्न उहाँले माग गर्नुभयो । उहाँले छिटो जसरी भएपनि बजेट पास गर्नुपर्छ भन्ने गलत सोच सरकारको रहेको भन्दै राम्रोसँग छलफल हुनुपर्ने बताउनुभयो ।

Exit mobile version