Home मुख्य समाचार यो बजेट समाजदउन्मुख छैनः सांसद गोसाई

यो बजेट समाजदउन्मुख छैनः सांसद गोसाई

बागमती प्रदेशका सांसद सुरेन्द्रमान गोसाई

हेटौंडाः बागमती प्रदेशका सांसद सुरेन्द्रमान गोसाईले बामगती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले जनताको आकांक्षा पुरा गर्न नसक्ने बताउनुभएको छ । मंगलबार आगामी आर्थिक वर्षको लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा बोल्नुहुँदै उहाँले यो बजेट समाजवादउन्मुख र प्रगतिशिल नभएको बताउनुभयो ।

सांसद गोसाईले बजेटको आधारमा सरकारको मुल्याङ्कन गर्ने हो भने अन्यन्तै अपारदर्शी, पक्षपाति र अदुरदर्शी भएको बताउनुभयो । अहिले संघीयतापछिको साँतौ बजेटसम्म आउँदा पनि जनताले सुख नपाइरहेको र सरकार अझै योजनाबद्ध रुपमा चल्न नसकिरहेको उहाँले बताउनुभयो । अहिले हरेक क्षेत्रमा अत्यन्तै वेतिथिहरु रहेको भन्दै उहाँले यसमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभयो । अहिले जनताले प्रदेश सरकारसँग कुनै ठुलो अपेक्षा नगरिरहेको बताउनुहुँदै उहाँले खानेपानी, स्वास्थ्य र रोजगार जस्ता आधारभुत आवश्यकताका विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।

Exit mobile version