सांकेतिक तस्वीर ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–६, बज्रबाराहीबाट प्रहरीले लागुऔषध नाईट्रोभेटसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोटरसाइकल चालक काठमाण्डौ जिल्ला चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बस्ने ३० वर्षीय अरबिन खरेल र पछाडी सवार कैलाली जिल्ला टिकापुर नगरपालिका–६ बस्ने २७ वर्षीय अंकित अधिकारी रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा कुलेखानी सडक खण्डमा लागुऔषध लुकाई छिपाई ल्याउदै छ भन्ने विशेष सुचनाको अधारमा बज्रबाराही मकवानपुरबाट प्रहरी टोलि खटिएको थियो । प्रहरी टोलीले हेटौँडाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०६–०१ प ३७६६ नम्बरका मोटरसाइकललाई सुरक्षा जाँच गर्दा मोटरसाइकलमा सवार उनिहरुको साथबाट १० एम जीको लागुऔषध नाईट्रोभेट ११ फाईल (२२पत्ता) फेला पारेको थियो । लागुऔषध नाईट्रोभेटसहित दुबैजनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको प्रहरीले जनाएको छ ।