हेटौँडाः चितवनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री रामकृष्ण परियार र धादिङ जिल्लामा बोलेरो दुर्घटनामा परी लोकबहादुर गुरुङको मृत्यु भएको छ ।

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२३, कृष्णचोकमा मोटरसाइकलले ठक्कर दिँदा भरतपुर महानगरपालिका–२१ का ३५ बर्षीय रामकृष्ण परियारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बुधबार कृष्णचोकबाट ७ नम्बर बजारतर्फ जाँदै गरेको बा प्र ०२–०१९ प ६४७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा परियार गम्भिर घाइते भएका थिए । घाइते परियारलाई उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा बिहिबार बिहान ५ बजेर २६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै धादिङ जिल्लाको सिद्दलेक गाउँपालिका–२, खिरेभन्ज्याङमा बोलेरो जीप अनियन्त्रित भई सडकबाट ५१ बर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बुधबार राती १० बजेर ३० मिनेटको समयमा खिरेभन्ज्याङबाट पोखरी गाउँतर्फ जाँदै गरेको ज १ ज ४४४ नम्बरको बलेरो अनियन्त्रित भई सडकदेखि २ सय मिटर तल खस्दा २ जना घाइते भएका थिए । दुर्घटनामा परी चालक ५५ बर्षीय कृष्णमान श्रेष्ठ र लोकबहादुर गुरुङ घाइते भएका थिए । घाइते दुबैलाई उपचारका लागि जिल्ला अस्पताल धादिङ लगिएकोमा उपचारको क्रममा गुरुङको राती १० बजेर २६ मिनेटमा मृत्यु भएको थियो । श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ ।