Home मुख्य समाचार लागूऔषध ओसारपसारमा फरार ढुङ्गेल पक्राउ

लागूऔषध ओसारपसारमा फरार ढुङ्गेल पक्राउ

हेटौंडाः लागूऔषध ओसारपसारमा फरार रहेको प्रतिवादी दिपक ढुङ्गेललाई काकडभिट्टा बजारबाट प्रहरीले हिजो पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको छ ।

२०७६।१०।११ गते हेटौडा–१० स्थित पुर्व पश्चिम लोकमार्ग सडक खण्डमा प्रहरी सहायक निरीक्षक दमन तामाङको कमाण्डमा खटिएको प्रहरीको टोलीले मनहरी तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना.७ ख ६९० नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्दा लागूऔषध गाँजा १० किलो ५६० ग्राम फेला पारेको थियो ।

उक्त लागु औषध गाँजा ओसारपसारमा संलग्न रहेका झापा मेचिनगर ७ का ३८ वर्षिय दिपक ढुङ्गेल भने फरार रहेको थिए । उनलाई पक्राउ गरेर जिल्ला अदालत मकवानपुरमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताउनुभयो ।

Exit mobile version