हेटौंडाः विश्व रक्तदाता दिवसको अवसरमा हेटौँडामा शुक्रबार बिहान रक्तदान कार्यक्रम भएको छ ।
बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, रक्तसञ्चार केन्द्र हेटौंडा र नेपाल स्वयम्सेवी रक्तदाता समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका छन् । हेटौँडा बजारको बुद्धचोकमा भएको कार्यक्रममा ४ जना महिला र ३४ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक विष्णु रिमालले जानकारी दिनुभयो ।