हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक आज साँझ ५ बजे बस्ने भएको छ । आज दिउँसो २ बजे बस्ने भनिएपनि विशेष कारणले गर्दा ५ बजे सांसदहरुलाई बोलाईको बागमती प्रदेशको सचिवालयले जनाएको छ ।

यस्तै पछिल्लो समयमा प्रदेश सभाको बैठक ढिलो नै हुने गरेको छ । सांसदहरुलाई बोलाइएको समय परिवर्तन गर्दै १ देखि २ घण्टा समय हेरफेर भैरहेको छ । हिजो बाट प्रदेश सभाको बैठकमा आगामी वर्षको विनियोजन विधयेक माथि छलफल सुरु भएको हो । छलफलमा सत्तापक्षकै सांसदहरुले पनि बजेटमा असन्तुष्टि जनाएका छन् ।

यस्तै अन्य सांसदहरुले भने मन्त्रीमुखि बजेट र सानो–सानो यत्रतत्र छरिएर बजेट ल्याएको भन्दै प्रदेश सरकारको बजेट हो कि वडा कार्यालयको बजेट भनेका छन् । अधिकांश सांसदहरु आफ्नो क्षेत्रको योजनामा बजेट विनियोजन नभएपछि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलमाथि रुष्ट बनेका छन् । आजको बैठकमा पनि सोही विषयमा छलफल हुने बताइएको छ ।