हेटौँडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले मकवानपुर जिल्ला कमिटीको १२ औं अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया सुरु भएको छ । हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेसमा जारी निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार दिउँसो अन्तिम मतदाता नामावली सार्वजनिक गरेर उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भएको छ ।
शनिबार साँझ ६ बजेसम्म निर्धारण गरिएको समयमा अध्यक्षमा ५ जना, उपाध्यक्षमा ४ जना, सचिवमा ५ जना, उपसचिव खुलातर्फ ५ जना र उपसचिव महिलातर्फ ४ जनाको उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा रघुनाथ खुलाल, श्रीधर पोखरेल, ईन्द्रमान स्याङ्तान, लालबहादुर थापा र देवराज रिमालको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ ।
सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट, सुमित्रा काफ्ले, नरहरि महत र राजन थापाको उम्मेदवारी परेको छ । उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्बा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी परेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी परेको छ ।
५ जना पदाधिकारीसहित एक सय पाँच सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन हुन लागेको हो । जिल्ला कमिटीमा १०० जना सदस्य निर्वाचित हुनेछन् । शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा ७ सय ७७ प्रतिनिधि सहभागी छन् ।