Home मुख्य समाचार मनहरीमा भएको दुर्घटनामा कमानेका कार्कीको मृत्यु

मनहरीमा भएको दुर्घटनामा कमानेका कार्कीको मृत्यु

हेटौंडाः मकवानपुर जिल्लाको मनहरीमा शनिबार बेलुका ट्रकले मोटर साइकललाई ठक्कर दिंदा घाईते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटर साइकल चालक हेटौंडा ८ कमानेका ४५ बर्षीय दिनेश कार्कीको नया मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका साढे ७ बजे मनहरी गाउँपालिका ६ नयाँ बजार स्थित पुर्व पश्चिम राजमार्गमा हेटौडाबाट चितवनतर्फ जादै गरेको ना.५ ख ७७२१ नम्बरको ट्रकले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.–०३–००४ प ६९७३ नम्बरको बुलेट मोटर साइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा घाइते कार्कीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागी उपचारको लागि नया मेडिकल कलेज चितवन तर्फ पठाइएकोमा उपचारको क्रममा करिब १० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

ट्रक चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका १ पथलैया बस्ने ४२ बर्षीय सन्तोष धिताल इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Exit mobile version