रक्तदान गरिँदै ।

हेटौंडाः विश्व नर्सिङ दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । सीएमसी चुरेहिल हस्पिटल प्राली हेटौंडाको आयोजना तथा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा हस्पिटलका कर्मचारी तथा बिरामीको कुरुवाहरुले रक्तदान गरेको जनाएको छ ।