हेटौँडाः पत्रकार होम कार्कीलाई पितृशोक परेको छ। निमोनिया र मुटुसम्बन्धी स्वास्थ्य समस्याका कारण हेटौँडा अस्पतालमा उपचाररत ८१ बर्षीय मीन बहादुर कार्कीको शनिबार बिहान १२ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो ।

पत्रकार होम कार्की कान्तिपुर दैनिकमा कार्यरत हुनुहुन्छ । हेटौँडा–८ मैदाटोल निवासी कार्कीका होमसहित ४ छोरा र ३ छोरी छन् । माइला छोरा बोल बहादुर कार्की नेकपा एमाले हेटौँडा उपमहानगर कमिटीको सचिव हुनुहुन्छ । शनिबार बिहानै हेटौँडास्थित राप्ती तटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।