Home मुख्य समाचार अमर माविमा ८१ जना नयाँ विद्यार्थी भर्ना

अमर माविमा ८१ जना नयाँ विद्यार्थी भर्ना

हेटौंडाः हेटौंडा–१, चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयमा ८१ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । बैशाख २ गतेदेखि आइतबारसम्म ८१ जना नयाँ विद्यार्थी भर्ना भएका हुन् ।

६ सय ६३ जना पुराना विद्यार्थीहरु रहेको विद्यालयमा हाल ५ सय विद्यार्थीहरु नियमित विद्यालय आउने गरेको सूचना अधिकारी रमेशकुमार बर्तौलाले जानकारी दिनुभएको छ । गतवर्षको तुलनामा विद्यार्थीहरुको संख्या बढेको उहाँले बताउनुभएको छ ।

अभिभावक नभएका विद्यार्थीहरुका लागि पहिलादेखि नै निःशुल्क शिक्षा दिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अभिभावक नभएका विद्यार्थीहरुका लागि विद्यालयले निःशुल्क पुस्तक, विद्यालय पोशाक उपलब्ध गराउँदै आएको छ । ७५ प्रतिशत पुस्तक विद्यालयले वितरण गरिसकेको उहाँको भनाइ छ । विद्यालयमा नयाँ कार्यतालिका बनाएर सोहीअनुसार कडा अनुशासनका साथ राम्ररी पढाइ हुने गरेको उहाँले बताउनुभयो ।

Exit mobile version