राष्ट्रपति रनिङशिल्डमा पदक प्राप्त गर्ने खेलाडीको तस्वीर ।

हेटौंडाः केन्द्रीयस्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा मकवानपुरका तीन जनाले स्वर्ण जितेका छन् । एथलेटिक्सतर्फ डीना गोपाली, जिकेश सापकोटा र सुविन भ्लोनले स्वर्ण जितेका हुन् ।

डीनाले महिलातर्फको रिले चार सय मिटर दौडमा महिलातर्फ स्वर्ण जितेकी हुन् भने सापकोटा र भ्लोनले पनि रिले चार सय मिटर दौडमा स्वर्ण जितेका हुन् । सापकोटा र भ्लोन एकै समूहका हुन् । सापकोटा र गोपालीले एक सय मिटर र दुई सय मिटरमा दौडेका थिए । यस्तै, भ्लोनले लङजम्पमा सहभागी भएका थिए । तेक्वान्दोतर्फ मकवानपुरकी समीक्षा नेगीले ५२ केजीमा कास्य पदक जितेकी छन् ।

गत मंगलबारदेखि बिहीबारसम्म आयोजना भएको प्रतियोगितामा १९ स्वर्ण, १२ रजत र १८ कास्यसहित सुदूरपश्चिम प्रथम भएको छ भने १८ स्वर्ण १३ रजत र १५ कास्यसहित बागमती प्रदेश द्वितीय भएको छ ।