हेटौँडाः काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–४, काफ्लेथोकमा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय प्रशान्त मैनाली रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार मैनाली स्कुलबाट घर फर्कने क्रममा किम्बू खाँदै गएकोमा घर पुगी अत्याधिक बमिट गरि मंगलबार राती ९ बजेको समयमा उपचारको लागि मेथिनकोट अस्पताल भकुण्डे लगिएकोमा उपचारको क्रममा बुधबार बिहान ७ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।