विश्रामस्थल निर्माण गरिएको वनविज्ञान क्याम्पसको भवन ।

हेटौंडाः हेटौंडामा रहेको होल्डिङ सेन्टरबाट मंगलबार १४ जनालाई स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको छ । सोमबार बेलुका कुबेत, बहराइन, मलेसियाबाट आएका १/१ जना र दुबईबाट आएका ११ जनासहित १४ जना होल्डिङ सेन्टरमा आइपुगेका थिए । उनीहरुलाई मंगलबार करिब ३ बजे आ–आफ्नो स्थानीय तहमा पठाइएको छ ।

उनीहरुलाई हेटौंडा उपमहानगर, मनहरी, कैलाश, बकैया, वागमति र मकवानपुरगढी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा पठाइएको छ भने २ जनालाई हेटौंडा–४, कर्रामा रहेको आइसोलेसनमा पठाइएको होल्डिङ सेन्टरका फोकल पर्सन आशाकाजी श्रेष्ठले बताउनुभयो । ४ जनालाई हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४, ५, १२ र १६ नम्बरमा पठाइएको छ । केहीलाई क्वारेन्टाइन र होम क्वारेन्टाइमा बस्ने गरी पठाइएको फोकल पर्सन आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । हालसम्म ३० जनाले होल्डिङ सेन्टरमा सेवा लिइसकेका छन् ।