हेटौँडाः बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्यायको सरूवा भएको छ । प्रमुख सचिव उपाध्यायको संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रमुख सचिव उपाध्यायको सरुवा भएसँगै बागमती प्रदेश प्रमुख सचिव विहिन भएको छ ।
गत बिहीबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरे अनुसार उपाध्यायलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गर्ने निर्णय भएको थियो । सोही अनुसार उपाध्याय मंगलबार बागमती प्रदेश मुख्यमन्त्री कार्यालयबाट बिदाई हुनुभएको हो । संघका सचिवहरुको बढुवा भएसँगै ठुलो संख्यामा मन्त्री परिषद्ले सचिवको सरुवा गरेको हो । उपाध्यायको सरुवा भएसँगै बागमती प्रदेश प्रमुख सचिव बिहिन भएको हो । प्रदेशमा प्रमुख सचिवको रुपमा को आउने निश्चित भएको छैन ।
मन्त्रिपरिषद्को गत साउन ३ गतेको बैठकले उपाध्यायलाई सचिवको रूपमा पहिलो जिम्मेवारी दिएको थियो । उपाध्याय यसअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो । उपाध्याय पहिलो पटक बढुवा भएसँगै उहाँले बागमती प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उपाध्याय बागमती प्रदेशमा करिब ८ महिना बसेर सरुवा हुनुभएको हो ।