हेटौँडाः अखिल नेपाल महिला संघ जिल्ला कमिटी मकवानपुरको आयोजनामा दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अनेमसंघ जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेको सभा अध्यक्षता एवम् नेकपा एमाले पार्टी स्थायी कमिटी सदस्य एवम् अनेमसंघ इन्चार्ज सीता पौडेलको प्रमुख आतिथ्यमा प्रशिक्षण कार्यक्रम भएको छ ।
प्रशिक्षणमा अनेमसंघ मकवानपुर जिल्ला कमिटी पदाधिकारी र सदस्यहरु, मकवानपुरका १० वटै पालिकाका अध्यक्ष तथा सचिबको सहभागिता रहेको थियो । पहिलो दिन बुधबारको प्रशिक्षण “महिला र सञ्चार” विषयमा पदमा पौडेलले, “नेपाली महिला आन्दोलनमा अनेमसंघ, उपलब्धि र आगामी कार्यदिशा” विषयमा सुमित्रा काफ्लेले सहजीकरण गर्नुभएको थियोे । दोस्रो दिन बिहिबार “माक्र्सवादी दर्शन र जबज” विषयमा प्रमुख अतिथि सीता पौडेल र संगठन निर्माण, परिचालन र व्यवस्थापन” विषयमा नेकपा एमाले केन्द्रीय सदस्य एवम् अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले र “उद्यमशीलता अनुभव” बारे गणेश कुमारी श्रेष्ठले प्रस्तुती राख्नुभएको थियो ।
५० जनाको सहभागीता रहेको प्रशिक्षणमा पार्टी केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, पार्टी केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्त पौडेल, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एका लाल श्रेष्ठ, अनेमसंघ केन्द्रिय सदस्य मेनुका दाहाल, प्रदेश कमिटी सचिवालय सदस्य सीता विष्ट र प्रदेश कमिटी सदस्य अमृता भट्टको उपस्थित रहेको थियो ।
प्रशिक्षणकै अवसरमा अनेमसंघ मकवानपुर जिल्ला कमिटीकी संस्थापक अध्यक्ष बालकुमारी थापा स्मृति केन्द्रको विधिवत दर्ता मिति २०८० चैत्र १२ गते भए पश्चात् अनेमसंघ जिल्ला कमिटीद्वारा उक्त कोषमा जम्मा गर्ने गरी ५० हजार रुपैयाँ अध्यक्ष जुनेली श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि सीता पौडेलबाट हस्तान्तरण गरिएको छ । साथै यस कोषमा सहयोगका लागि खुल्ला आव्हान गरे लगतै गणेश कुमारी श्रेष्ठबाट नगद सात हजार छ सय ५० रुपैयाँ सहयोग गर्नु भएको छ ।