हेटौँडाः हेटौँडा–१३, मुस्कानटोलबाट प्रहरीले लागुऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय अशोक बाबा भन्ने राजिब मोक्तान रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

लागुऔषध बिक्रि वितरण गरिरहेको भन्ने विशेष सूचना आधारमा प्रहरीले बिहिबार मोक्तानको घरमा सुरक्षाजाँच गर्दा लागुऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट र नगद २२ हजार १ सय ७५ रुपैयाँ समेत फेला पारेको जनाएको छ । नगद रुपैयाँ र लागुऔषध ट्रामाडोलसहित मोक्तानलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।