Home मुख्य समाचार शुक्रबार हेटौँडा उपमहानगरको कार्यपालिका बैठक बस्दै

शुक्रबार हेटौँडा उपमहानगरको कार्यपालिका बैठक बस्दै

हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नियमित कार्यपालिका बैठक भोलि शुक्रबार बस्दैछ । हेटौँडा उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते कार्यपालिका बैठक बस्ने कार्यतालिका निर्माण गरेको छ । भोलि दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाइएको एक वडाअध्यक्षले जानकारी दिनुभएको छ ।

सार्वजनिकरुपमा चासो व्यक्त भएपछि हेटौँडा उपमहानगरपालिकाले कार्यतालिकाअनुसार नियमित बैठक बस्ने प्रयास गरिरहेको छ । उपमहानगरले कार्यपालिका बैठकका निर्णय पनि सार्वजनिक गर्ने गरेको छ । कार्यपालिका बैठक नियमित हुन नसकेको, कार्यपालिका बैठकका निर्णय सार्वजनिक नभएको भनी निरन्तर आलोचना भएपछि पछिल्लो समय उपमहानगरपालिकाले कार्यतालिकाअनुसार बैठक बस्ने र बैठकका निर्णय सार्वजनिक गर्न सुरु गरेको हो । एक पटक कार्यपालिका बैठक सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

Exit mobile version