हेटौँडाः लागुऔषध गाँजासहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान साढे ७ बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले ११ केजी एक सय ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको हो ।
नारायणगढबाट बीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ५९३७ नम्बरको यात्रुवाहक बसमा सवार सर्लाही जिल्लाको बलरा नगरपालिका–६ का २१ वर्षीय सुजित कुमार सहनी र २० वर्षीय सरोज कुमार सहनीलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई उनीहरुलाई हिरासतमा राखेर कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
