गुगल तस्विर ।

हेटौँडाः रामेछाप जिल्लामा दुई जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाभित्र फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा मन्थली नगरपालिका–१३ मा एक जना वृद्धको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ७३ वर्षीय सनमान थापा क्षेत्री रहेका छन् । क्षेत्री घर नजिकै रहेको कुटमेरोको रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । घाइते क्षेत्रीलाई स्थानीयले उपचारका लागि धुलिखेल अस्पताल किर्ने दोलखामा लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेर ३० मिनेटमा डाक्टरले मृत घोषणा गरेको हो ।

यस्तै मंगलबार दिउँसो ४ बजेको समयमा शैलुङ गाउँपालिका–४ मा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा शैलुङ–७ का २२ को विशाल घतानी रहेका छन् । घतानीमा ४ नम्बर वडास्थित मामाघरबाट घर फर्किने क्रममा भीरबाट लडेर चौरीखोलाको बगरमा मृत अवस्थामा फेला प्रहरीले जनाएको छ ।