Home मुख्य समाचार हेटौंडाको प्रमुख प्रशासकीय अधिकृतमा पुरी

हेटौंडाको प्रमुख प्रशासकीय अधिकृतमा पुरी

हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरीलाई स्वागत गर्दै हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँ

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रामबाबु पुरी आउनुभएको छ । बुधबार पुरीले उपमहानगरपालिकामा पदभार ग्रहण गर्नुभएको हो ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईको सरुवा भएसँगै हेटौंडामा पुरी आउनुभएको हो । संघीय सरकारले गत बिहीबार हेटौंडाका चौलागाईसहित ४३ जना सहसचिवको एकसाथ सरुवा गरेको थियो ।

चौलागाई दलित आयोगको सचिवको रुपमा सरुवा भएर जानुभएको हो । संघीय सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत् लेखा शाखामा रहनुभएका सहसचिव पुरीलाई हेटौंडाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

Exit mobile version