हेटौंडाः १४ औँ संस्करणको प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० मा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताअन्तर्गत् एथ्लेटिक्स खेलको १ सय मिटर दौडमा पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा प्रथम र महिलातर्फ दीना गोपाली तृतीय भएका छन् ।
महिलातर्फको भलिबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा काठमाडौं महानगरपालिकाले सिन्धुुपाल्चोक जिल्लालाई २–० को सोझो सेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । सिन्धुपाल्चोकलाई २५–११ र २५–५ को सोझो सेटले हराउँदै काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो क्वाटरफाइनल खेलमा नुुवाकोट जिल्लालाई २–० को सोझो सेटले हराउँदै दोलखा सेमिफाइनलमा प्रवेश गरेको छ । दोलखाले नुुवाकोटलाई २५–८ र २५–१७ को सेटले पराजित गरेको हो । यस्तै, तेस्रो क्वाटरफाइनल खेलमा चितवन जिल्लाले रसुुवा जिल्लालाई २–० को सोझो सेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पुुरुषतर्फको भलिबलको पहिलो क्वाटरफाइनल खेलमा चितवन जिल्लाले मकवानपुुर जिल्लालाई २–१ को सेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेटमा २५–१७ आफ्नो पक्ष्यमा पारेको मकवानपुुर जिल्लालाई दोस्रो र तेस्रो सेटमा २५–२१ र १५–१० ले सहजै पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत् भलिबल खेलमा मंगलबार अन्तिम क्वाटरफाइनल खेलहरु हुनेछ ।
महिलातर्फको कबड्डीमा पहिलो खेलमा विजयी हुुँदै काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा मकवानपुुर जिल्लालाई ४२–१९ अंकले पराजित गर्दै धादिङ सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो खेलमा काभ्रेपलाञ्चोकले सिन्धुुपाल्चोकलाई ६५–३५ अंकले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । चौथो खेलमा भक्तपुुर जिल्लाले ललितपुुरलाई ३९–१८ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।पुुरुषतर्फको कबड्डीमा काभ्रेपलाञ्चोकले रामेछापलाई ७५–२९ अंकले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । दोलखाले धादिङलाई ८०–३१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । काठमाडौं महानगरपालिकाले मकवानपुुर जिल्लालाई ६६–४० अंकले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले गर्नुभयो । अहिले खेलकुदको क्षेत्रमा बागमती प्रदेश अगाडि बढिरहेको उहाँले बताउनुभयो । सबै खेलाडीहरुले खेललाई लगनशील भएर प्राथमिकता दिएमा सफल हुने उहाँले बताउनुुभयो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रदेशस्तरीय प्रतियोगितामा सहभागी भएका खेलाडीहरु राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुन पाउने विश्वास व्यक्त गर्नुुभयो । प्रदेशस्तरीय प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउने उहाँले बताउनुभयो । प्रतियोगितामा तेक्वान्दोको कातातर्फ पुुरुषबाट काठमाडाँंका रोहन धमला प्रथम, ललितपुुरका साइस थापा द्वितीय, नुुवाकोटका केशव बराम र भक्तपुुरका लम्साल थापा तृतीय भएका छन् । महिलातर्फ ललितपुुरकी सरगम थापा प्रथम, काठमाडौंकी एन्जिला थापा द्वितीय, भक्तपुुरकी रोजिना तामाङ र दोलखाकी दीक्षा गुुरुङ तृतीय भएकी छिन् । कराँतेको कातातर्फबाट चितवनका आयुुष बराई प्रथम, भक्तपुुरका मासताके श्रेष्ठ द्वितीय, ललितपुुरका सागर मोक्तान र काठमाडौंका पार्थन मानन्धर तृतीय भएका छन् । महिलातर्फबाट काठमाडौंकी एनिशा रिमाल प्रथम, सिन्धुुलीकी आशिका फुुयाल द्वितीय, मकवानपुुरकी रसुुना गोङ्बा र चितवनकी अनुुष्का बराई तृतीय भएकी छिन् । प्रतियोगिताअन्तर्गत् तेक्वान्दो प्रतियोगिताको ४५,४८,५१ र ५५ केजी तौल समूहको खेलहरु सम्पन्न भएको र महिलातर्फको खेलहरु बाँकी छ । प्रतियोगिताअन्तर्गत् मंगलबार भलिबल, कबड्डी खेलको सेमिफाइनल र फाइनल खेल हुुनेछ । प्रतियोगितामा मकवानपुुरको विभिन्न पालिकाहरुबाट करिब ९८ खेलाडी र टिम म्यानेजरसहित करिब १ सय १५ जना सहभागी छन् ।