हेटौँडाः हेटौँडा–२ स्थित सिद्धार्थ तेक्वान्दो डोजाङको आयोजनामा एकदिने डोजाङस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबार भएको छ । प्रतियोगितामा महिलातर्फ काव्या थापा र पुरुषतर्फ सविन ढुंगेल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
सिद्धार्थ माविमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट बन्न सफल दुबै खेलाडीले ट्रफी प्राप्त गरेका छन् । महिलातर्फको २८ केजीदेखि ३२ केजी तौल समूहमा सुस्मिता दहाल प्रथम, सन्ना गुरुङ द्वितीय र समृद्धि आले मगर तृतीय भएकी छिन् । ४० केजीदेखि ४५ केजी तौल समूहमा काव्या थापा प्रथम र विनिशा लामा द्वितीय भएका छन् । ५० केजीदेखि ५५ केजी तौल समूहबाट सीमा थापा प्रथम र नीतिका तिमल्सिना द्वितीय भएकी छिन् ।
पुरुषतर्फको २४ केजीभन्दा कम तौल समूहबाट सविन ढुंगेल प्रथम, सुहन गुरुङ द्वितीय, शिवा घुटघुट र आरभ माझी तृतीय भएका छन् । २४ केजीदेखि २८ केजी तौल समूहबाट प्रन्य डंगोल प्रथम, प्रिन्स फुयाल द्वितीय र सञ्जयराज ढकाल तृतीय भएका छन् । २८ केजीदेखि ३२ केजी तौल समूहबाट अनुप थामी प्रथम, कौशल ढकाल द्वितीय र विशिष्ट बर्तौला तृतीय भएका छन् ।
३२ केजीदेखि ३४ केजी तौल समूूहबाट विनिश श्रेष्ठ प्रथम, निकेश सहनी द्वितीय, वाङचुङ मोक्तान र सुशान्त लामा तृतीय भएका छन् । ३४ केजीदेखि ३८ केजी तौल समूहबाट समीर गोले प्रथम, क्रिमेश क्षेत्री द्वितीय, समर्पणमान श्रेष्ठ तृतीय भएका छन् । ४० केजीदेखि ४५ केजी तौल समूहमा आयुष घलान प्रथम, दीलिप सहनी द्वितीय र हनी डंगोल तृतीय भएका छन् । ५० केजीदेखि ५४ केजी तौल समूहमा कृतेश क्षेत्री प्रथम र रिदम तिमल्सिना द्वितीय भएका छन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरेका छन् । हेटौँडा उपमहानगरपालिका वडा–२ का सदस्य सुरज बर्तौलाको प्रमुख आतिथ्य तथा सिद्धार्थ माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको सभाध्यक्षमा पुरस्कार वितरण कार्यक्रम भएको हो । पुरस्कार वितरण कार्यक्रममा जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्य, सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्मा, तेक्वान्दो प्रशिक्षक तथा डोजाङ प्रमुख निरुकुमारी मगरलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा सदस्य बर्तौलाले प्रविधिले फड्को मारिरहेको समयमा सबैले मोबाइलको बढी मात्रामा प्रयोग गर्ने समयलाई मध्यनजर गर्दै खेलाडीहरुको रुचिको अभिवृद्धि गर्नका लागि प्रतियोगिताको आयोजना गरेकोमा खुशी व्यक्त गर्नुभयो ।