हेटौँडाः मकवानपुरको मनहरी गाउँपालिकामा भएको प्रथम गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि ४ नम्बर वडाले जितेको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा ३ नम्बर वडालाई ३–२ सेटले पराजित गर्दै ४ नम्बर वडाले उपाधि जितेको हो ।

उपाधि विजेता ४ नम्बर वडाले २५ हजार रुपैयाँ र उपविजेता ३ नम्बर वडाले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । म्यान अफ द म्याच ४ नम्बर वडाका उज्जवल विष्ट घोषित भएका छन् । प्रतियोगिताको उत्कृष्ट डिफेन्डर इमानसिंह थिङ, उत्कृष्ट ब्लकर आशिष मोक्तान, उदीयमान खेलाडी समिर थापा र म्यान अफ द सिरिज इश्वर रिजाल घोषित भएका छन् । प्रतियोगिताको विधागत खेलाडीहरुले ट्रफी र मेडल प्राप्त गरेका छन् ।

३ नम्बर वडाका पूर्वअध्यक्ष मान बहादुर स्याङ्तानको स्मृतिमा भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो । राष्ट्रिय युवा संघ मनहरी गाउँपालिका कमिटीका अध्यक्ष बाबु स्याङ्तानको सभाध्यक्षमा तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य एकराज उप्रेतीको प्रमुख आतिथ्यमा प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रम भएको थियो ।