Home खेलकुद बक्सिङको प्रदेशस्तरीय छनोटः मकवानपुरका राईलाई स्वर्ण, आशुतोष र दिपेशलाई रजत

बक्सिङको प्रदेशस्तरीय छनोटः मकवानपुरका राईलाई स्वर्ण, आशुतोष र दिपेशलाई रजत

बागमती प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी खेलाडी र प्रशिक्षकहरु ।

हेटौँडाः अन्तरप्रदेश खेलकुद–२०८० का लागि खेलाडी छनोट गर्ने उद्देश्यले आयोजना गरिएको बागमती प्रदेशस्तरीय बक्सिङको छनोट खेलमा मकवानपुरका सोहन राईले स्वर्ण पदक जितेका छन् भने आशुतोष पुरुष ढकाल र दिपेश श्रेष्ठले रजत पदक जितेको छ । बिहिबार र शुक्रबार ललितपुरमा भएको छनोट खेलमा स्वर्ण पदक विजेता सोहन राईले अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागिताको अवसर पाएका छन् ।

साढे ६३ केजी तौल समूहमा सोहन राईले ललितपुरका खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेको बक्सिङ खेलका प्रशिक्षक लाला पौडेलले जानकारी दिनुभएको छ । यस्तै ६० केजी तौलसमूहमा आशुतोष पुरुष ढकाल भाइव बक्सिङका खेलाडीसँग पराजित हुँदै रजतमा चित्त बुझाउन बाध्य भयो भने ७१ केजी तौलसमूहमा दिपेश श्रेष्ठ काठमाडौंका खेलाडीसँग पराजित हुँदै रजत पदकमा सीमित हुन बाध्य भएको प्र्रशिक्षक पौडेलले बताउनुभयो ।

Exit mobile version