हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा पुलको ठेक्का लिएर समयमा काम सम्पन्न नगरेको भन्दै पाँचदलले विरोध प्रदर्शन गरेका छन । शुक्रबार नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजबादी पार्टीले ठेकेदारको फोटो नै राखेर बिरोध प्रदर्शन गरेका हुन् ।
मनहरीमा ४ वटा पक्की पुल निर्माणका लागि ठेक्का पाएको बानियाँ निर्माण सेवा कम्पनी र एक वटा पक्की पुल निर्माणको लागि ठेक्का पाएको भैरव ज्ञानी देवि कम्पनीले काम समयमा नै नसकेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा बागमती प्रदेशका प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती र ठेकेदार शिव चौलागाईको फोटो व्यानरमा राखेका छन् । पुल निर्माण गर्नका लागि ठेक्का लिएका कम्पनिले काममा ढिलासुस्ती गरेको, तोकिएको समयमा काम सम्पन्न नगरेको लगायतका मागहरु राख्दै प्रदर्शन गरिएको नेकपा एमाले मनहरी गाउँपालिकाका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभयो । यस्तै, गाउँपालिकाको अस्पताल निर्माणमा कामसला समान प्रयोग गरेको, जिल्ला समन्वय समितिले कारबाही गर्नुभनेको क्रसर व्यवसायीहरुको १६ करोड रकम मिनाह गरेको, पाडी वितरणमा अनियमितता गरेको र गाउँपालिका अध्यक्षले चड्ने गाढीमा तेल, मर्मत खर्च पालिकाको भएको भन्दै पाँच दलले बिरोध प्रदर्शन गरेको हो ।
यता, गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पुल निर्माणका लागि आईई गर्दा नै स्थानिएको जग्गा परी विवाद भई जनताको अवरोध, निकुञ्जले निर्माणका लागि आवश्यक ढुङ्गा, गिट्टी र वालुला प्रयोग गर्न नदिने र विभिन्न कारणले पुल निर्माणमा ढिलाई भएको बताउनुभयो । पुल निर्माणको ठेक्का पाएको बानियाँ निर्माण सेवा कम्पनीका ठेकेदारलाई बोलाएर २ महिना भित्र काम गर्ने सहमतीमा हस्ताक्षर भएको अध्यक्ष कालाखेतिले बताउनुभयो । एउटा पुल निर्माण गर्ने ठेक्का पाएको भैरव ज्ञानी देवि कम्पनीको ठेकेदार फरार रहेकोले कम्पनीका अन्य ठेकेदारहरुलाई ल्याएर काम गराउने प्रक्रियामा रहेको बताउनुभयो । पाडी वितरणमा पालिकाले कुनै अनियमितता नगरेको बताउँदै उहाँले भन्नुभयो, “हामीले पाडी वितरणमा अनियमितता गरेका छैनौँ, ६ वटा पाडी साना परेकोमा, आर्को ६ वटा पाडी थप गरी विपन्नको लागि दिइएको छ ।”
अस्पताल निर्माणमा कमसल काम भएको भन्ने आफुले जानकारी पाएपछि पालिकाबाट प्राविधिक लगेर जाँच गर्दा कमसल समान प्रयोग गरेको फेला परेपछि वाल भत्काएर पुनः बनाउन लगाएको जानकारी दिनुभयो । पालिकाले क्रसरलाई छुट दिएको भन्ने प्रशंगमा उहाँले भन्नुभयो, “पालिकाले जिल्ला समन्वय समितिले गरेको निर्णयमा छुन दिन सक्दैन, जरिवाना गर्दा पालिकाको राजस्वमा नै थप हुने हो, मैले कुनै निर्णय गरेर क्रसरलाई छुट दिएको छैन, क्रसरको विषयमा पहिले नै पत्रकार सम्मेलन गरेर जानकारी गराएको छु ।
पालिकाले गरेको कामलाई आरोप पत्यारोप लगाउने काम भएको छ ।” यस्तै, अध्यक्ष कालाखेतिले आफुुले सरकारी गाढी नचडी आफ्नै व्यक्तिगत गाढी चडेर जनताको सेवा गर्दै आएको बताउँदै पालिकाको सेवा सुविधा आफुले लिने तर गरिब जनतालाई दिने गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो व्यक्तिगत कामको लागि पालिकाको तेल खर्च नगरेको र जनताको काममा जाँदा राज्यबाट आउने सेवा सुविधा लिएको जानकारी दिँदै आफुले प्रयोग गरेको सेवा सुविधाको हिसाब सार्वजनिक गर्ने समेत बताउनुभयो । पुल निर्माण जरिरहेको अवस्थामा गएर कामदारलाई थम्काउने काम गरेकोले कामदारले नै काम छाडेर बसेको समेत जानकारी दिनुभयो ।
चरित्र हत्या गर्ने काम भयो
यता प्रदर्शनकारीहरुले आफ्नो फोटो ब्यानरमा राखेर लोकतन्त्रमा चरित्र हत्या गर्ने काम भएको बगमती प्रदेशका प्रदेश सभा सदस्य इन्द्रबहादर बानीयाँले बताउनुभएको छ । पुल निर्माणको ठेक्का पाएको बानियाँ निर्माण सेवा कम्पनीसँग आफ्नो कुनै सम्बन्ध नभएको उहाँले दाबी गर्दै भन्नुभयो, “कम्पनीमा मेरो नाम छैन, अतिरञ्जित कार्य भइरहेको छ, नाताले भतिजाहरुको कम्पनी भएकाले म आफैँले पुल निर्माण छिटो गर्न भनेको छु, बदनीयत ढङ्गले आरोप लागाउने काम भएको छ ।” राजनीतिमा छवि विगार्ने कार्य भइरहेको उहाँले बताउनुभयो । पुल निर्माणको कार्य सकिन लागि सकेको बताउँदै निर्माण कार्य सम्पन्न हुने समयमा अस्वभाविक प्रस्तुत भएको बताउनुभयो ।