रक्तदान गर्दै रक्तदाता

हेटौँडाः हेटौँडा उपमहानगरपालिका–८, कमाने स्थित मनकामना मन्दिरको प्राङ्गणमा रक्तदान हुँदा ३२ जनाले रक्तदान गरेका छन् । सोमबार बिहान मनकामना टोल क र खको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान गर्नेमा १२ जना महिला र २० जना पुरुष रहेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकरी दिनुभयो । प्रजातन्त्र दिवस र अर्जुन प्रसाद मैनालीको स्मृतीको अवसरमा कार्यक्रम आयोजित भएको हो । रक्तदान कार्यक्रम रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा भएको थियो । यस्तै, हिजो आईतबार हेटौँडाको बुद्धचोकमा रोटरी क्लब अफ हेटौँडाको आयोजनामा रक्तदान कार्यक्रम हुँदा २३ जनाले रक्तदान गरेका थिए ।