भारतको नयाँ दिल्लीको नाइडामा हुन लागेको फस्ट प्राइममिनिस्टर कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरु

हेटौंडाः भारतको नयाँ दिल्लीको नाइडामा हुन लागेको फस्ट प्राइममिनिस्टर कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीहरुलाई बिदाइ गरिएको छ । २ दिनसम्म सञ्चालन हुने प्राइममिनिस्टर कप आमन्त्रण तेक्वान्दो प्रतियोगितामा सहभागी हुने ९ जना खेलाडीहरुलाई शनिबार बिदाइ गरिएको हो ।

प्रतियोगितामा सहभागी हुने खेलाडीमा रवीन्द्र डंगोल, शिवहरि राई, संयोग माझी, प्रसान पौडेल, रोनम दूधराज, दिवस बुढा रहेको मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका सचिव बिक्रम लामिछानेले जानकारी दिनुभएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुसँगै रेफ्री निरुकुमारी मगर र सचिव लामिछाने जानुभएको छ । प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । यसअघि हेटौंडा उपमहानगरपालिकाबाट बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगितामा २० जना सहभागी भएर ५ जना खेलाडीहरुले पदक प्राप्त गर्न सफल भएका थिए ।