हेटौँडाः हेटौँडा–११, थानाभर्याङमा शुक्रबार दिउँसो नवजात शिशु मृत अवस्थामा फेला परेको छ । शुक्रबार दिउँसो १२ बजेर ४० मिनेटको समयमा भर्खरै जन्मिएको जस्तो देखिने नवजात शिशु (छोरी) फेला परेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ । दुई महिनाअघि हेटौँडा–४, हुप्रचौरबाट पनि प्रहरीले नवजात शिशु जिवितै उद्दार गरेको थियो । प्रहरीले उक्त नवजात शिशु कसको हो भनी खोजी गर्न सकेको छैन ।