हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४, कर्रामा निःशुल्क योग प्रशिक्षण र स्वास्थ्य शिविर भइरहेको छ । आनन्दमार्ग प्रचारक संघ, मकवानपुर शाखाको आयोजनामा बुधबारबाट ४ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको हो ।
माघ २४ गतेदखि २८ गतेसम्म पाँच दिवसीय निःशुल्क योग प्रशिक्षण, स्वास्थ्य शिविर तथा त्रि–दिवसीय प्रथम डोयोसिस लेवस सेमिनार आयोजित भएको छ । निःशुल्क स्वास्थ्य परीक्षणमा पेटको समस्या, नशा च्यापिएको, साइटिका दुखाई, पाचनसम्बन्धी समस्या, शरीर दुख्ने, टाउको दुख्ने, क्षारे रोगलगायतका नयाँ तथा पुरानो रोग विशेषक्षद्वारा जाँच गरिनेछ ।
त्रि–दिवसीय प्रथम डोयोसिस लेवस सेमिनार माघ २६, २७ र २८ गते हुनेछ । यस्तै, दैनिक ६ः३० देखि ८ बजेसम्म निःशुल्क योग शिविर भइरहेको छ । शिविरमा व्यवस्थापन समिति पदाधिकारी, कर्मचारीलगायतका इच्छुक सम्पूर्ण बासिन्दाले सहभागिता जनाउन पाउनेछन् । स्वस्थ जीवन जिउने कला सिकाउने उद्देश्यले कार्यक्रमको आयोजना भएको हो । आमसाइ स्कूलको व्यवस्थापनमा भएको कार्यक्रममा पहिलो दिन १२ जनाले स्वास्थ्य जाँच गराएका थिए ।