हेटौंडाः आफ्नै छोरीलाई निर्घात कुटपिट गरी पक्राउ परेका बाबु धरौटी बुझाएर रिहा भएका छन् । सोमबार ५० हजार धरौटीमा रिहाई भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गत पुस २१ गते महोत्तरी एकडाँडा गाउँपालिका–३ घर भई हाल हेटौंडा–५, सिंचाईटोल बस्ने २७ वर्षीय रामजी मण्डलले आफ्नै ४ वर्षीया छोरीलाई पढाउने क्रममा कुटपिट गरेको भनि पक्राउ गरिएको थियो । मण्डलले छोरीलाई पेन्सिलले मुख र शरीरको विभिन्न भागमा घोची घाइते बनाएका थिए । घाइते छोरीको हेटौंडा अस्पताल उपचारपश्चात् केही सयम सेफ हाउसमा राखिएको थियो ।

बालिकालाई कुटपिट गर्ने मण्डललाई नियन्त्रणमा लिई बालबालिकाबिरुद्ध कसुर मुद्धामा प्रहरीले माघ १५ गतेसम्म अनुसन्धानका लागि हिरासतमा राखेको थियो । जिल्ला अदालत मकवानपुरले धरौटीमा मण्डललाई रिहाई गरेको हो ।