हेटौँडाः हेटौँडा–४, पारिजातपथस्थित होटल बासुकलाले आफ्नो ३० औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा आज (बुधबार) एक दिनका लागि १५ प्रतिशत छुट समेत दिइएको छ । पछिल्लो समय बजारमा मन्दीका कारण व्यापार व्यवसाय प्रभावित भए पनि होटल बासुकलाले भने आफ्ना सेवाग्राही नियमित र पर्याप्त प्राप्त गरिरहेको सञ्चालक विकास बासुकला बताउनुहुन्छ ।
बुबा पुस्ताले सुरु गरेको होटल व्यवसायलाई ५ वर्षअघि विकासले सम्हाल्न सुरु गर्नुभएको थियो । सहुलियत दर, स्वादिष्ट परिकार, सत्कारसहित अर्र्डरअनुसार डेलिभरीको समेत व्यवस्था गर्दै बासुकलाले गत वर्ष वार्षिकोत्सवकै अवसरमा नयाँ स्वरुपमा होटललाई स्थापित गरेको थियो । नयाँ स्वरुपमा आकर्षक बसाईको व्यवस्था समेत भएपछि सहुलियत दरको खाजा तथा खानाका लागि सेवाग्राहीको सन्तोषजक उपस्थिति रहेको विकास बताउनुहुन्छ ।
परिवारका ४ जना होटलकै काममा व्यस्त रहँदै ११ जनालाई रोजगारी समेत दिएको छ । कर्मचारीलाई प्रोत्साहित गर्न हरेक महिना उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गर्ने गरेको र वर्ष उत्कृष्ट कर्मचारीलाई नगद २० हजार रुपैयाँसहित पुरस्कृत गर्न लागेको विकास बताउनुहुन्छ ।