हेटौँडाः विभिन्न घटनामा एकै ३ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको सिन्धुपाल्चोक, चितवन र रामेछाप जिल्लामा एकैदिन ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–७, चनौटेमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा नयाँबजार बस्ने ६१ वर्षीय सरन कुमार दंगाल रहेको प्रहरीले जानकारी दिएको छ ।
दंगाल आइतबार दिउँसो १ बजेर ४५ मिनेटको समयमा आफ्नै घरबाट २ सय मिटर पर मेलम्ची हेलम्बु सडकको नालीमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चत शव पोष्टमार्टमको लागी नगर अस्पताल मेलम्ची लगिएको प्रहरीले जानकारी दिएको छ
यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका–३, सहिदचोकमा एक जना भारतीय नागरीकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बेतिया घर भई हाल भरतपुर डेरा गरि बस्ने ५५ वर्षीय फुलदेव ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । ठाकुर आइतबार बिहान ७ बजेको समयमा एक्कासि बेहोस भई उपचारको लागि अस्पताल लैजादैँ गर्दा बाटोमा मृत्यु थियो । ठाकुर सोही ठाँउमा लामो समय देखि कपाल काट्ने काम गर्दै आएको प्रहरीले जनाएको छ ।
यस्तै, रामेछाप जिल्लाको लिखुतामाकोशी गाउँपालिका–६, बशेरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय पुर्ण बहादुर बरुवाल रहेको प्रहरीले जानकारी दिएको छ । बरुवाल आइतबार दिउँँसो २ बजेर ४५ मिनेटको समयमा घरदेखी पर रहेको बसेरी भिरबाट लडी घटना स्थलमा नै मृत्यु भएको थियो । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि मन्थली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।