हेटौँडाः विज्ञान शिक्षक नेपाल मकवानपुरले विज्ञान विषय शिक्षकका लागि विशिष्टीकरण तालिका तथा मूल्यांकनसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार हेटौँडा–२ स्थित सिद्धार्थ माविमा आयोजित अभिमुखीकरणमा जिल्लाका ६० भन्दा बढी शिक्षकको सहभागिता रहेको थियो ।
विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष खेमप्रसाद लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइटेलको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, सिद्धार्थ माविका प्रधानाध्यापक मोहनप्रसाद शर्माको पनि आतिथ्य रहेको थियो ।
उद्घाटन कार्यक्रममा अध्यक्ष लामिछानेले विज्ञान शिक्षक समाज नेपाल मकवानपुर केही समय निष्क्रिय रहेको जानकारी गराउनुहुँदै आगामी दिनमा क्रियाशील भएर शिक्षकको क्षमता विकास र प्रभावकारी शिक्षणका लागि आवश्यक सहजीकरण गर्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रममा विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका अध्यक्ष खेमराज लामिछानेले कक्षा १ देखि ३ को मूल्याङ्कन प्रक्रिया र सचिव सुवास खनालले कक्षा ४ देखि १० सम्मको मूल्याङ्कन तथा विशिष्टीकरण तालिकासम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
अभिमुखीकरणमा सहभागी शिक्षकहरु ।











