हेटौँडाः विभिन्न पेशा, व्यवसायमा आवद्ध भई मकवानपुरमा रहेका स्याङ्जा जिल्लावासीको सहभागितामा गठन गरिएको स्याङ्जाली समाज मकवानपुरको साधारणसभा शनिबार भएको छ । साधारणसभाले कुलप्रसाद पौडेलको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । स्याङ्जाली समाज मकवानपुरको उपाध्यक्षमा शोभाबन्धु पौडेल, सचिवमा एकनारायण पौडेल (राजु), सहसचिवमा रञ्जित थापा र कोषाध्यक्षमा सीता कार्की चयन हुनुभएको छ ।
यस्तै सदस्यमा लेखनाथ अधिकारी, सत्यदेवी पौडेल, डिलबहादुर रानाभाट र प्रिती रानाभाट चयन हुनुभएको छ । समाजको सल्लाहकारमा बुद्धि ढकाल, शिव शर्मा पोखरेल र पुरनबहादुर जोशी रहनुभएको छ । कार्यवाहक अध्यक्ष प्रमोदसिंह रानाभाटको अध्यक्षता तथा गण्डकी समाजका अध्यक्ष एवम् स्याङ्जाली समाज मकवानपुरका संस्थापक बुद्धि ढकालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
साधारणसभाको उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ, उच्च अदालत सरकारी वकिलको कार्यालय हेटौँडाका प्रमुख ईश्वरीप्रसाद ढकाल, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लोकनाथ रेग्मी, कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौँडाका उपप्राध्यापक ज्ञानबन्धु शर्मा, कोष तथा लेखा नियन्त्रकको कार्यालय मकवानपुरका प्रमुख रमेश अर्याल, भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेल, आन्तरिक राजश्व कार्यालय हेटौँडाका कर अधिकृत कमल अर्याल लगायतको आतिथ्य रहेको थियो ।