लागुऔषधसहित पक्राउ परेका बमबहादुर र अर्जुन ।

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषधसहित दुइजनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ९ बजेर ३० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेबाट प्रहरीले तनहुँ जिल्लाको व्यास नगरपालिका–६ का ३२ वर्षीय बम बहादुर बिक र नवलपरासी जिल्लाको देवचुली नगरपालिका–७ का ३० वर्षीय अर्जुन बिकलाई लागुऔषसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०१ –००१ ख ५८६८ नम्बरको यात्रुबाहक विद्युतीय गाडी रोकी सुरक्षाजाँच गर्ने क्रममा बमबहादुरको साथबाट लागुऔषध डाईजेपाम २५ एम्पुल, फेनारगन २५ एम्पुल र नुर्फिन–२५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै अर्जुनको साथबाट प्रहरीले लागुऔषध डाईजेमाप ६ एम्पुल, फेनारगन ६ एम्पुल र नुर्फिन ६ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ । दुबैजनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।