पत्रकार सम्मेलनको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाई हेटौंडा आउनुहुने भएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान समूह मकवानपुरले प्रसाई हेटौंडा आउने जनाएको हो ।

प्रसाईले आगामी माघ ६ गते हेटौंडा–४ स्थित हुप्रचौरमा हुने सभालाई सम्बोधन गर्नु हुनेछ । सभामा बंंैक र लघुवित्त पीडितहरुको पक्षमा केन्द्रित भएर प्रसाईले सम्बोधन गर्ने जनाइएको छ । सभामा मकवानपुर, चितवन, पर्सा, बारा र रौतहटबाट सहभागी आउने आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा समूहका मकवानपुर जिल्ला अध्यक्ष भीमबहादुर राउत, चितवन जिल्ला अध्यक्ष नवीन रेग्मी, पर्सा जिल्ला अध्यक्ष राजेन्द्रबहादुर परियारलगायतको आतिथ्य रहेको थियो ।