सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ बाँदरखोल्सीमा टिपर अनियन्त्रित भएर सडकबाट खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१५ रातोमाटेका २२ वर्षीय सुकदेव पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

बिहिबार राति १२ बजेर ३० मिनेटको समयमा भित्री सडकखण्डमा लेनडांडाबाट बाँदरखोल्सीतर्फ जाँदै गरेको बा प्र–०३–००१ ख १४८९ नम्बरको टिफर आफै अनियन्त्रित भएर सडकबाट १ सय ५० मिटर तल खस्दा पाख्रिन गम्भीर घाइते भएका थिए । घाइते पाख्रिनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा उपचारको क्रममा २ बजेर १२ मिनेटको समयमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिनुभयो ।