बालकुमारी घटनालाई लिएर ध्यानाकर्षणपत्र र संकलित हस्ताक्षर मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउँदै ।

हेटौँडाः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत लतिलपुरको बालकुमारी घटनाको सन्दर्भमा प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको छ । मंगलबार रास्वपाका नेता, कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएको हो ।

गत शुक्रबार ललितपुर जिल्लाको बालकुमारीमा भएको घटनामा २ युवाको मृत्यु भएको भन्दै रास्वपा बागमती प्रदेश समितिले प्रशासन कार्यालय मकवानपुर मार्फत् प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले देशमा रोजगारीको अवसर सिर्जना गर्न नसकेर नेपाली जनताले अरुको देशमा खुन, पसिना बगाई परिवार पाल्न खेज्दा, देशमा रकम भित्र्याउन लाग्दा पनि सामान्य घटनामा गोली चलाई युवाको ज्यान लिएको भन्दै रास्वपाले दुख व्यक्त गरेको छ ।

“सरकार जनताको अभिभावक हुनुपर्ने, जनताको संरक्षण गर्नुपर्नेमा उल्टै नागरिक माथि तातो गोली प्रहार गर्ने कार्यप्रति हामी घोर भत्र्सना गर्दछौं”, ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । रास्वपाले घटनामा संलग्न हुने सबैलाई कडा भन्दा कडा कारबाही गनुपर्ने माग गरेको छ । गृहमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गर्दै रास्वपाले १५ हजार नागरिकको हस्ताक्षर संकलन गरेर मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाई मार्फत् प्रधानमन्त्री कार्यालयलाई बुझाएको छ ।