Home अर्थ/व्यापार हेटौंडा बजार खुल्यो, सतर्कता अपनाउन व्यवसायीलाई संघको आग्रह

हेटौंडा बजार खुल्यो, सतर्कता अपनाउन व्यवसायीलाई संघको आग्रह

हेटौंडाः सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गरेसँगै आज हेटौंडा बजारका अधिकांश पसल, व्यवसाय सुचारु भएका छन् । केही व्यवसायी भने अझै अन्यौलमै देखिन्छन् । केही पसलहरु अझै बन्द छन् ।

बजार खुला भएसँगै सर्वसाधारणको आवागमन पनि बढेको छ । ग्रामीणबाट बजार क्षेत्रको आवागमनमा प्रयोग हुने सार्वजनिक सवारीका साधन नचलेका कारण बजारमा सर्वसाधारणको उपस्थिति पातलो रहने देखिन्छ ।

बजार खुलेसँगै व्यवसायीलाई सतर्कता अपनाउन मकवानपुर उद्योग वाणिज्य संघले आव्हान गरेको छ । संघले भौतिक दुरी कायम गर्न, मास्क, सेनिटाइजरको प्रयोग गर्न, हात धुने ठाउँको व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरेको छ ।

निजी सवारी साधन जोरबिजोर चलाउने भनिए पनि हेटौंडामा स्थानीय प्रशासनले त्यसलाई अनुगमन गरेको छैन । भौतिक दुरी कायम गर्न, मास्क प्रयोग गर्न भने सर्वसाधारणले सचेतता अपनाएको देखिन्छ ।

Exit mobile version