हेटौँडाः धान्य पूर्णिमाको अवसरमा नेवा देय दबु मकवानपुर जिल्ला समितिले आज मंगलबार हेटौँडा बजारको बुद्धचोकमा निशूल्क योमरी वितरण गर्ने भएको छ । नेवारी समुदायको मौलिक परिकारको रुपमा रहेको योमरी धान्यपूर्णिमाको अवसरमा खाने गरिन्छ । चामलको पिठोबाट बनाइने विशेष परिकार आम सर्वसाधारणले पनि विशेषरुपमा रुचाउने गरेका छन् ।
धान्यपूर्णिमामा योमरी खाने भएकोले यसलाई योमरी पूर्णिमा समेत भन्न ेगरिएको छ । पर्व विशेषमा खाने मौलिक परिकारलाई आम नागरिकसम्म पुर्याउन र आफ्नो जातीय मौलिकता प्रवद्र्धन गर्न यस किसिमको कार्यक्रमको आयोजना गरिएको नेवा देय दबु हेटौँडा उपमहानगर समितिकी अध्यक्ष प्रतिमा श्रेष्ठले जानकारी दिनुभएको छ । बुद्धचोकमा दिनको १ बजेदेखि ३ बजेसम्म निशूल्क योमरी वितरण गरिनेछ । नेवा देय दवुले पहिलो पटक धान्य पूर्णिमाको अवसरमा निशूल्क योमरी वितरण गर्न लागेको हो ।