हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा यही पुस २३ गतेदेखि पाँचौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता हुँदैछ । बकैया खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।
यसवर्ष सिनियर र जुनियर टिमबीच फरक–फरक प्रतिस्पर्धा गराइने जनाइएको छ । यस वर्षको उपाधि वजेता जुनियर टिम आगामी वर्षमा सिनिएर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम कमजोर टिम जुनियर टिममा घटुवा हुनेछ ।
प्रतियोगितामा सहभागिता जनाउन यही पुस १९ गतेभित्र टिम दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । खेल तालिका पुस २० गते सार्वजानिक गरिने बताइएको छ ।
प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल खेल पुस २९ गते हुनेछ ।
