Home खेलकुद बागमतीस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवकी माविलाई

बागमतीस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि देवकी माविलाई

बागमतीस्तरीय राष्ट्रपति रनिङ शिल्डको पुरस्कार लिदै देवकी मावि

हेटौंडाः पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि देवकी माविले जितेको छ । शनिबार सम्पन्न प्रतियोगितामा ११ स्वर्ण, १५ रजत र ५ कास्य गरी ३१ पदकसहित देवकी मावि प्रथम भएको हो ।

प्रतियोगितामा सूर्य मावि ११ स्वर्ण, ८ रजत र ५ कास्य गरी २४ पदकसहित द्वितीय भएको छ । यस्तै, जनता मावि ८ स्वर्ण, ९ रजत र २ कास्य गरी १९ पदकका साथ तृतीय भएको छ भने ५ स्वर्ण र ४ रजत प्राप्त गरी चौरा आधारभूत विद्यालय चौथो भएको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा पालिका भरीका ५० वडा विद्यालयमध्ये १२ विद्यालयको सहभागिता रहेको थियो । बागमती खेलकुद समिति विकासका अध्यक्ष टीकालाल श्रेष्ठको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष सर्केश घलानको प्रमुख आतिथ्यमा भएको प्रतियोगिता समापन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानलगायत वडाध्यक्षहरुको आतिथ्य रहेको थियो ।

Exit mobile version